कोरोना भाइरसको संक्रमणका कारण दुई वरिष्ठ चिकित्सकहरुको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको मृत्यु भएको जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण झाको आज र थापाको हिजो मृत्यु भएको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नेक्रममा चिकित्सकद्वयलाई नै संक्रमण भएको बताइएको छ ।
प्रतिक्रिया