Logo

अर्थ

सिद्धार्थ बैंकले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति



काठमाडौं । सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । योसँगै हालसम्म नेपाल धितोपत्र बोर्डले अग्राधिकार सेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ ।

धितोपत्र बोर्डले आज ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो ।

अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ । सिद्धार्थ बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको  छ।

यसअघि वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंक तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाइसकेका छन् ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १६:२३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।