Logo

अर्थ

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदी



चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औं साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् ।

सुवेदीले एक हजार ४८४ मत ल्याउँदा शिरिष पन्तले एक हजार १८५ मत ल्याएका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यालनकै राजेन्द्र ओली, उपाध्यक्षहरु नारायण प्रधान र राजन पियाले जित निकाल्दा अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेलले विजयी भएका छन् ।

संघका अन्य सदस्यमा अधिकांश सुवेदी प्यालनबाट नै विजयी भएका छन् । सोमबार भएको मतदानमा कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १२:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।