काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन् ।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान पेश गरेका हुन् । यसअघि ७ पुसमा शाह राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए । घटनाबारे छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि करिब दुई घण्टा बयान लिइएको आयोग स्रोतले जनाएको छ ।
सोधपुछका क्रममा भदौ २३ र २४ गतेका घटनाका बेला शाह कहाँ थिए, घटनाक्रमसँग सम्बन्धित सामाजिक सञ्जालका गतिविधि, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल समयमै नपुगेको विषयलगायत प्रश्न सोधिएको थियो ।
तर शाहले दिएका जवाफहरूको विवरण सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले यसबारे थप जानकारी खुलाउन चाहेन । आयोगले घटनासम्बन्धी छानबिन प्रक्रिया जारी रहेको जनाएको छ ।




















प्रतिक्रिया