Logo

अर्थ

सेयर बजारमा वृद्धि, कारोबार रकम ७ अर्ब नाघ्यो



काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.९३ अंकले बढेर २,६४९ को विन्दुमा कायम भएको छ ।

आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जिवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १५:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।