Logo

विविध

अपडेटः शङ्खरापुर दुर्घटनामा चार जनाको मृत्यु, २७ घाइते



काठमाडौँ – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ४ जनाको मृत्यु पुष्टि भएको र अन्य २७ जना घाइते भएको जानकारी दिए । मृतकको सनाखत हुन भने सकेको छैन ।

वनभोज खाएर फर्किएको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको हो। साँझ ६ बजेतिर भएको उक्त दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पतालमा समेत उपचार भइरहेको छ । उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ ।

‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार २१:५६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।