Logo

अन्तर्राष्ट्रिय

अमेरिका-भेनेजुएला तनावपछि बाेल्याे नेपाल: सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर



काठमाडाैं । अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई गरेको ‘कारबाही’विरुद्ध नेपाल बोलेको छ।

यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलास्थित निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका पुर्‍याएको थियो।

त्यसविरुद्ध नेपाल सरकारले बुधबार (जनवरी ७ तारिख) साँझ विज्ञप्ति जारी गरेको हो।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने काम नगर्न आह्वान गर्दछ। संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यको राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गरिनुपर्नेमा जोड दिन्छ।’

भेनेजुएला प्रकरणलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्रालयले अगाडि भनेको छ, ‘नेपाल संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत विवाद शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिन्छ।’

अमेरिकामा लागुऔषध तथा हतियार तस्करी गरेको आरोपमा मदुरो दम्पतीविरुद्ध न्युयोर्कस्थित अदालतमा मुद्दा चलाइएको छ। त्यहाँस्थित हिरासतमा राखिएका उनीहरूलाई गत सोमबार अदालतमा पेस गरिएको थियो।

त्यस दिन भएको पहिलो सुनुवाइमा मदुरोले आफूले कुनै अपराध नगरेको र आफूलाई अपहरण गरिएको बयान दिएका छन्।

 

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १३:३१   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।