Logo

प्रमुख समाचार

राजावादी प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने सेढाईं पक्राउ



काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो ।

उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ ।

५० लाख जनालाई म्यासेज पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

नेपाल टेलिकमको गेट वे प्रयोग गरी एटी अलर्टको नाममा यसरी उनले म्यासेज गरेको प्रहरीले बताएको छ । यसरी म्यासेज गर्न उनले दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको पाइएको छ ।

तीनै मध्येका दुई वटा कम्पनी प्रयोग गरी एक करोड खर्चेर म्यासेज पठाएको दाबी सेढाईंको छ ।

 

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १४:२४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।