Logo

खेलकुद

मिलान शीर्षबाट तीन अंकको दूरीमा



काठमाडौँ ।  एडरिन राबोटको दुई गोलको मदतले एसी मिलानले बिहीबार कोमोलाई इटालीको सिरी ए मा ३–१ ले हराएको छ र यस जितपछि लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँगै तीन अंकको दूरीमा रहन सफल रह्यो ।

फ्रान्सेली खेलाडीले ५५ र ८८ औं मिनेटमा गोल गरे । कोमोले मार्क ओलिभरको गोलले अग्रता लिएपछि क्रिस्टोफर एन्कुन्कुले मिलानका लागि बराबरी गोल फर्काए ।

मिलानको अब २० खेलबाट ४३ अंक भएको छ । इन्टर समान खेलबाट ४६ अंकमा छ । नेपोली भने ४० अंकमा तेस्रो स्थानमा छ । यस्तै युभेन्ट्स ३९ अंकमा चौथोमा छ । कोमो भने ३४ अंकमा छैटौं स्थानमा रह्यो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार ०६:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।