Logo

स्वास्थ्य

थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा  ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गरिएकोमा सोही संख्यामा संक्रमण पुष्टि भएको हो । 
यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । आज मंगलवार देखिएका संम्रमितहरुमध्ये २०४ महिला र २९८ पुरुष रहेका छन् । हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।