Logo

समाचार

मनोनयन दर्ताको समय सकियो, २४०० भन्दा बढीको उम्मेदवारी



काठमाडौँ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समय सकिएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले २४०० भन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको बताए ।

अझै पनि केही उम्मेदवार लाइनमै रहेकाले यो सङ्ख्या केही बढ्न सक्ने बताए ।

आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । भट्टराईले केहीबेरमा आयोगले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताए ।

 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १७:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।