पोखरा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
कास्की क्षेत्र नम्बर २ बाट उनले बागी उम्मेदवारी दिएका हुन् ।
युवालाई समेट्ने नीति विशेष महाधिवेशनबाट गरे पनि कार्यान्वयनमा नआएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको २६ वर्षीय उनले बताएका छन् ।
‘व्यापारीलाई टिकट दिनलाई र त्यही पुराना मान्छेलाई टिकट दिनलाई आफ्नो सिर्फ हस्ताक्षर चलाउनका लागि मात्रै देश र कांग्रेसलाई यो भड्खालोमा हालेको हो ?,’ उनले केन्द्रीय सभापति गगन थापालाई प्रश्न गरेका छन्, ‘रूपान्तरण पुस्तान्तरणको रमिता यसैका लागि मात्रै हो ? तपाईंहरू र पुरानो नेतृत्वमा फरक के भयो त ?’ उम्मेदवारी फिर्ता नलिने उनले अडान लिएका छन् ।




















प्रतिक्रिया