Logo

स्वास्थ्य

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी डिस्चार्ज



राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री  चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका  छन् ।  राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो ।

अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए  । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र उपचारमा संलग्न सबैप्रति आभारी रहेको केसीले बताए ।

‘देश विदेशबाट मेरो स्वास्थ्यप्रति चासो राख्नुहुने पार्टीका साथीहरु, शुभचिन्तक, विभिन्न पार्टीका नेताकार्यकर्ता र सबै जनताप्रति आभारी छु’ केसीले  संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सबै शुभचिन्तक र खासगरी उपचारमा संलग्न चिकित्सक तथा नर्सहरुप्रति धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष केसी पेटको दीर्घकालिन रोगले ग्रस्त भएसँगै निमोनिया र डायरियाबाट पीडित भएपछि अघिल्लो मंगलबार पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएको राष्ट्रिय जनमाेर्चाका नेता आन्नद शर्माले बताएका थिए ।

उनलाई अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।  मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार २२:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।