Logo

अर्थ

एकैदिन सुनको मूल्य १० हजार ४०० बढ्यो, तोलाकै ३ लाख नजिक पुग्यो



काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो ।

 

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार ११:११   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।