Logo

प्रमुख समाचार

मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्ता लिन निवेदन



पोखरा । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उमेदवार दर्ता गराएका थिए । दुवैजना उमेदवार नहुने भएका छन् । मनाङमा पाँचजनाको उमेवारी परेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमाले र राप्रपाबाट उमेदवारी फिर्ताको निवेदन आएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १३:०१   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।