काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए ।
उपसभापति शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए ।
मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ ।





















प्रतिक्रिया