Logo

राजनीति

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट रकम लिइएको भन्दै स्ववियु अमृत क्याम्पस आन्दोलनमा



काठमाडौँ । छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट रकम लिइएको भन्दै स्ववियु अमृत क्याम्पसले विद्यार्थीहरूको छात्रवृत्तिको हकहित सुनिश्चित नहुन्जेलसम्म आन्दोलनमा रहने जनाएको छ ।

शुक्रबार स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको छात्रवृत्तिको हकहित सुनिश्चित नहुन्जेलसम्म आन्दोलनमा रहने जानकारी दिएको हो ।

विभिन्न निजी कलेजमा काठमाडौँ महानगरको पूर्ण छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट गुनासो आएपछि अमृत क्याम्पसका विद्यार्थीहरूले सामाखुसीको एक कलेजमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट हजारौँ रकम असुल गरेको पाइएको थियो ।

उनका अनुसार अरू निजी क्याम्पस/कलेजमा पनि सोही अवस्था रहेको हुँदा हरेक विद्यार्थीको पैसा फिर्ता नहुन्जेल र विद्यार्थीहरूको छात्रवृत्तिको हक सुनिश्चित नहुन्जेल स्वतन्त्र विद्यार्थी युनियन अमृत क्याम्पस निरन्तर आन्दोलनरत रहने छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार २०:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।