काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई पत्र लेख्दै एमालेका उम्मेदवारलाई विजयी गराउन सबैलाई उच्च मनोबलसहित सक्रिय हुने आग्रह गरेका छन् । अध्यक्ष ओलीले शनिबार साँझ पार्टीका ६ लाख ६३ हजार सदस्यलाई पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् ।
पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ । ‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अत: बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ अपिलमा भनिएको छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरुलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्न उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन् । ‘ठूलो संख्यामा रहेका पार्टी सदस्यलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ,’ शाहीले भने ‘यसबाट पार्टीका संगठित सदस्यहरुले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूति गर्ने विश्वास गरिएको छ ।’





















प्रतिक्रिया