Logo

आजको तस्बिर

राष्ट्रियसभा निर्वाचन: कोशीमा मतदान (तस्विरहरु)



विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन शान्तपूर्ण वातावरणमा भइरहेको छ । आइतबार कोशी प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा कोशी प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार कोशी प्रदेशमा ३५९ मतदाता रहेका छन् । कोशीमा ३ पदमध्ये २ पदका लागि मात्रै मतदान हुनेछ । अन्य समूहतर्फ नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

कोशीमा महिला र दलित कोटा गरी २ पदका लागि मात्र निर्वाचन भइरहेको छ । गठबन्धनमा एमालेबाट दलिततर्फ सोमनाथ पोर्तेल र महिला तथा अल्पसंख्यकतर्फ रोशनी मेचे एवं नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपाने उम्मेदवार छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका मेयर तथा उपमेयर र अध्यक्ष एवं उपाध्यक्ष मतदाता हुने व्यवस्था छ ।

तस्विरहरु:

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १३:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।