Logo

राजनीति

काठमाडौँ–३ मा कांग्रेसका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता उनेपामा प्रवेश



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता उज्यालो नेपाल पार्टी(उनेपा) मा प्रवेश गरेका छन् ।

आइतबार उनीहरूलाई उनेपाका अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गरे । बौद्ध तीनचुली निवासी, नेपाली कांग्रेसमा विगत करिब ३० वर्षदेखि सक्रिय रहँदै आएका पूर्व पर्यटन विभाग केन्द्रीय सदस्य इन्द्र लामा ,

कागेश्वरी मनहरा–१ का बागवीर लामासहित कांग्रेसका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता उनेपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्र लामाले अब देशको नेतृत्व गर्न सक्ने स्पष्ट र सक्षम नेतृत्व कुलमान घिसिङ र उज्यालो नेपाल पार्टी सँग मात्र रहेको बताए ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले लामो समयदेखि स्थापित पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे ।
नले अब देशको नेतृत्व गर्ने स्पष्ट उद्देश्यसहित उज्यालो नेपाल पार्टी स्थापना गरिएको उल्लेख गर्दै जनताको भरोसा र विश्वासले आफूहरू थप अनुभवी र जिम्मेवार बन्दै गएको बताए ।

घिसिङले आगामी दिनमा अझ धेरै नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा जोडिने विश्वास व्यक्त गर्दै देशलाई उज्यालो बनाउने अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार २१:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।