दमक । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। उम्मेदवार बालेन्द्र साह (बालेन) काठमाडौं फर्किएपछि स्थानीय नेता–कार्यकर्ताले बालेनबिनै घरदैलो गरेका छन्।
बुधबार बिहान दमक–९ बाट सुरु भएको घरदैलो कार्यक्रममा बालेनकी पत्नी सविना साह पनि सहभागी भइन्। घरदैलोका क्रममा स्थानीय समस्या र सुझाव संकलन गरिएको र महिला–युवाको उल्लेख्य सहभागिता देखिएको छ।
रास्वपाले आज दिउँसो कमल गाउँपालिका–५ बाट अर्को घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।





















प्रतिक्रिया