काठमाडौँ । सङ्घीय संसद् सचिवालयले आगामी फागुन २१ गते हुने निर्वाचनपछि बस्ने प्रतिनिधि सभा बैठक सञ्चालनका लागि हल व्यवस्थापन गरिदिन मुख्यसचिव समक्ष अनुरोध गरेको छ ।
सोमबार सचिवालयले मुख्यसचिव सुमनराज अर्याललाई पत्र लेख्दै हल व्यवस्थापन गरिदिन अनुरोध गरेको हो ।
‘आगामी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सङ्घीय संसद् सचिवालयसँग आवश्यक सभा हल, पदाधिकारीहरू र सचिवालयका कर्मचारीहरूको कार्यकक्ष,
संसदीय दलका कार्यालयहरू, सभा सञ्चालनका लागि आवश्यक अडियो भिडियो रेकर्डिङ, लाइभ प्रसारण, श्रव्यदृष्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरू लगायतका भौतिक संरचनाहरू सहितको पूर्वाधार नभएकोले सोको आवश्यक व्यवस्था मिलाइदिनुहुन सचिवालय (श्रीमान् महासचिवस्तर) को मिति २०८२र१०र०८ गतेको निर्णयअनुसार सादर अनुरोध गर्दछु,’
संसद् सचिवालयकी सहसचिव बबिता मिश्रद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ।





















प्रतिक्रिया