Logo

प्रमुख समाचार

केपी खनालको क्षेत्र बौनियामा रोकिएनन् बालेन, निराश हुँदै फर्किए समर्थक



धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली निर्वाचन क्षेत्र नम्बर २ को घण्टी घरमा प्रवेश नगरी हिँडेका छन् ।

बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका-२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए ।

बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रम राखेको थियो ।

शाह साढे ९ बजेतिर बौनिया पुगे पनि उनी त्यहाँ रोकिएनन् । बालेन नरोकिएपछि समर्थकहरूले व्यवस्थापनमा कमजोरी गरेको भन्दै कैलाली-२ का उम्मेदवार केपी खनालसँग गुनासो गरेका छन् ।

यो क्षेत्रबाट बालेननिकट मानिने खनाल उम्मेदवार छन् । आफ्नै क्षेत्रमा बालेन नबसेपछि केपी खनालले समन्वयको अभाव भएको बताए । उनले लम्कीमा बालेन रोकिएको भए पनि बौनियामा समन्वय अभावका कारण रोक्न नसकिएको बताए ।

नेताहरूका अनुसार बालेन अछामसम्म पुगेर फर्किने कार्यक्रम तय भएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ११:२०   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।