Logo

राजनीति

रास्वपाबाट निष्कासित ढाकाकुमार श्रम संस्कृति पार्टी प्रवेश



काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई स्वागत गर्दै पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् ।

अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ । अब लागौं है त ।’

ढाकाकुमार श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद निर्वाचित भएका थिए । तर स्वास्थ्य मन्त्री बन्ने विषयमा व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको भनिएको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले अनुशासनात्मक कारबाही गर्दै निष्काशन गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १६:३७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।