Logo

अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलामै ३ लाख १९ हजार नजिक



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य ९ हजार ५ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार सुन तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।

यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । आज कायम भएको सुनचाँदीको मूल्य नै हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ११:१३   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।