काठमाडाैं । सर्लाहीका ४ जना वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र ११ का अध्यक्ष विश्वनाथ पण्डित पार्टीमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
सभापति गगन थापाले वडाध्यक्षहरूलाई पार्टीमा स्वागत गरेका छन् । सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन् । सभापति थापालाई सहयोग गर्न आफूहरू कांग्रेस प्रवेश गरेको वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितको भनाइ छ ।





















प्रतिक्रिया