सुर्खेत । पार्टी केन्द्रको निर्णयलाई अक्षरशः पालना गर्ने भन्दै नेकपा एमाले रुकुम पश्चिमले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई सघाउने औपचारिक निर्णय गरेको छ ।
बुधबार संयुक्त पत्रकार सम्मेलन गरी शर्मालाई जिताउन एमाले युद्धस्तरमा खटिने एमाले रुकुम पश्चिमका नेताहरूले बताए ।
एमाले रुकुम पश्चिमका इन्चार्ज सुशील थापाले प्रलोपाका नेता तथा एमाले–प्रलोपाका साझा उम्मेदवार शर्मालाई प्रत्यक्षतर्फ ‘आखाँ’ चिह्नमा मतदान गर्ने र समानुपातिकमा आ–आफनो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने उद्देश्यसहित चुनावी अभियान सुरु भएको बताए ।
एमालेले आगामी फागुनमा हुने निर्वाचनका लागि जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई उम्मेदवार नै बनाइसकेको थियो । तर पार्टी केन्द्रले शर्मालाई सघाउन निर्देशन जारी गरेपछि उनै देवकोटाले पत्रकार सम्मेलन नै गरेर शर्मालाई जिताउन खटिने बताए ।





















प्रतिक्रिया