काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राखेको जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेले कर्णालीको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र प्राविधिक कारणले मनाङमा उम्मेदवारी दर्ता हुन नसकेको जानकारी दिएको छ ।
एमालेले सामाजिक सञ्जालमार्फत निर्वाचन चिन्ह परिवर्तनलगायत भ्रामक प्रचार भइरहेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित अमर्यादित अभिव्यक्तिको पनि निन्दा गरिएको छ ।
निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा अझै सुनिश्चित हुन नसकेको दाबी गर्दै एमालेले भयरहित मतदान वातावरण बनाउन सरकारसँग माग गरेको छ ।




















प्रतिक्रिया