काठमाडाैं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रचार प्रसारमा खटिन निर्देशन दिएका छन् ।
अध्यक्षको परिपत्र बमोजिम काठमाडौं क्षेत्र न.२ मा नेपाल तरुण दल केन्द्रीय सदस्य पुरुषोत्तम चौलागाईं, दिपेन्द्र पोखरेल, शशांक श्री न्यौपाने दलको केन्द्रीय चुनावी कमान्डरको रुपमा रहने छन् । केन्द्रीय प्रतिनिधिले उम्मेदवारलाई चुनाव जिताउन मुख्य भूमिका दलको तर्फबाट खेल्नेछन् ।
बिहीबार अध्यक्ष गुरुङले केन्द्रीय सदस्यहरुलाई केन्द्रीय प्रतिनिधि तोकिएको जनाएका छन् । उनले भने, ‘यही २०८२ साल फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनका लागि तपशिल बमोजिमको जिम्मेवारी सहित केन्द्रीय प्रतिनिधि तोकिएको छ ।’
‘तपाईंको आफ्नो जिल्ला/निर्वाचन क्षेत्रमा नेपाल तरुण दलको केन्द्रीय प्रतिनिधिको रुपमा रही त्यस जिल्ला/क्षेत्रमा नेपाली कांग्रेस पार्टी र पार्टीको आधिकारिक उम्मेदवारसँग समन्वय गरी प्रभावकारी कार्य गर्नुहुन,’ अध्यक्ष गुरुङले भने ।
त्यस्तै आ–आफ्नो जिल्ला/निर्वाचन क्षेत्रमा दलको तर्फबाट निर्वाचनको अवधिमा गरिएका जिम्मेवारी र कार्यहरूको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन भनिएको छ ।





















प्रतिक्रिया