Logo

प्रमुख समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।  नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालले प्रसाईंलाई पक्राउ गरिएको बताए । उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए ।

यसअघि प्रसाईं गत माघ ५ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा पोखराबाट पक्राउ परेका थिए । उनलाई काठमाडौँ ल्याइ माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १३:४१   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।