Logo

बैंकिङ

जीवन बीमा कम्पनीको पहिलो त्रैमासको बीमा शुल्क आर्जन २३ अर्ब २० करोड 



काठमाडौं । हाल नेपालमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसअन्तर्गत यो अवधिमा २३ अर्ब २० करोड रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेका छन् । 

समितिको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा ६ अर्ब ९६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा चार अर्ब २ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ३ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समिक्षा अवधिमा नेशनल लाइफले २ अर्ब रुपैयाँ, एशियन लाइफले ९८ लाख रुपैयाँ, मेट लाइफले ९३ करोड रुपैयाँ, यूनियन लाइफले ७० करोड रुपैयाँ, प्राइम लाइफले ६९ करोड रुपैयाँ, गुराँस लाइफले ६८ करोड रुपैयाँ र सूर्या लाइफले ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।

सिटिजन लाइफले ३० करोड रुपैयाँ, आइएमई लाइफले २५ करोड रुपैयाँ, ज्योति लाइफले २३ करोड रुपैयाँ, रिलायन्स लाइफले २३ करोड रुपैयाँ, सन नेपाल लाइफले १८ करोड रुपैयाँ, रिलायबल लाइफले १७ करोड रुपैयाँ, सानिमा लाइफले १३ करोड रुपैयाँ, प्रभु लाइफले १२ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।