Logo

अर्थ

भुजुङ्ग हाइड्रोपावरकाे आईपीओ बाँडफाँट



काठमाडाैं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन् ।

कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १२:१०   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।