Logo

स्वास्थ्य

चीनको कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी : अध्ययन



चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्धको एक प्रयोगात्मक खोपले परीक्षणका बेला सुरक्षित र प्रभावकारी नतिजा देखाएको छ। यस खोपलाई चाइनिज एकेडेमी अफ मेडिकल साइन्स अन्तर्गत इन्स्टिट्युट अफ मेडिकल बायोलोजीले विकसित गरेको हो।

खोपले क्लिनिकल परीक्षणको प्रारम्भिक चरणहरूमा सुरक्षित र प्रभावकारी परिणाम देखाएको अध्ययनले पत्ता लगाएको छ। अन्वेषकहरूले खोप परीक्षणको पहिलो चरणमा ११९ जना स्वस्थ स्वयंसेवकहरूमा परीक्षण गरेको बताएका छन्।

उक्त अनुसन्धानमा सबै स्वयंसेवकहरूको १८ देखि ५९ वर्ष उमेरका थिए। मंगलबार अनुसन्धानकर्ताले आफ्नो प्रिप्रिन्ट समीक्षामा स्वयंसेवकहरुको उमेर समूहमा कुनै पनि साइड इफेक्ट नदेखिएको उल्लेख गरेका छन्।

यद्यपि, खोप लगाइसकेपछि प्रिप्रिन्ट समीक्षामा खोपका केही हल्का प्रतिक्रियाहरू देखापरेको छ। खोप लगाइसकेपछि स्वयंसेवकहरुमा हल्का दुखाइ, थकान, चिलाउनेपन र सुई लगाइएको ठाउँ सुन्निएको महसुस गरेका थिए ।

खोपले प्रतिरक्षा प्रणालीमा पनि राम्रो प्रतिक्रिया प्राप्त गरेको दाबी गरिएको छ। चीनसँग क्लिनिकल परीक्षणको अन्तिम चरणमा रहेका चार खोपहरू रहेका छन्।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  १ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।