Logo

राजनीति

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवामा फागुन ९ गते आयोजना गर्ने तय गरिएको चुनावी सभा स्थगित गरेको छ ।

रुपन्देही जिल्ला–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट प्राप्त निर्देशनअनुसार सभा स्थगित गरिएको जानकारी दिए ।

उनका अनुसार संगठनात्मक प्राथमिकता निर्धारण, रणनीतिक व्यवस्थापन तथा आन्तरिक तयारीका कारण हालका लागि चुनावी कार्यक्रम स्थगित गरिएको हो । पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा पनि विशेष कारण उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्म सभा नगर्न निर्देशन दिइएको जनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार १२:११   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।