Logo

राजनीति

राजतन्त्रको प्रशंसा गर्दै प्रभु साहले भने – गणतन्त्रमा जनताले राहत होइन, कष्ट पाए



काठमाडौं। प्रभु साहले गणतान्त्रिक व्यवस्थाप्रति पुनः असन्तुष्टि व्यक्त गरेका छन्।

Prime Televisionमा प्रसारित एक अन्तर्वार्तामा उनले देशको वर्तमान आर्थिक–सामाजिक अवस्थालाई ‘अराजक’ को संज्ञा दिँदै विगतको राजतन्त्रकालसँग तुलना गरे।

साहले राजतन्त्रकालमा पूर्व–पश्चिम राजमार्ग समयानुकूल र व्यवस्थित रूपमा विस्तार भएको, उद्योग–व्यवसाय सञ्चालनमा रहेको तथा कलकारखानाले स्थानीय तहमा रोजगारी सिर्जना गरेको दाबी गरे।

उनका अनुसार त्यतिबेला सामान्य नागरिकको आधारभूत जीवनयापन सहज थियो र गरिब नागरिकले कम्तीमा एक छाक पेटभरि खान सक्ने अवस्था थियो।

“राजतन्त्रमा सामान्य नागरिकको आधारभूत जीवन सहज थियो,” उनले भने, “तर अहिले गणतन्त्रमा आएर गरिबलाई एक छाक खाने अवस्था पनि छैन। यो अवस्था सिर्जना गर्ने हल्का प्रकारका गणतन्त्रका राजा र चलखेल गर्ने नेताहरू नै दोषी हुन्।”

उनले वर्तमान नेतृत्वप्रति लक्षित गर्दै सुधारको नाममा भ्रष्टाचार, अक्षमता र दण्डहीनता बढेको आरोप लगाए। देशमा उद्योग संरक्षण हुन नसकेको, पर्याप्त रोजगारी सिर्जना नभएको र दीर्घकालीन विकासको स्पष्ट मार्गचित्र नदेखिएको उनको तर्क छ।

साहले चेतावनी दिँदै भने, ‘यथास्थिति कायमै रहे देश फेरि अस्थिरतातर्फ धकेलिन सक्छ र जनता विकल्प खोज्न बाध्य हुनेछन्।’

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ०८:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।