Logo

प्रमुख समाचार

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा फर्किए



हेटौंडा । हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका छन् । रास्वपाले हेटौंडामा सभा गरिरहेकै बेला पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस नेता गगनकुमार थापाले पार्टीमा स्वागत गरेका थिए ।

पराजुलीले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्व शैली, आन्तरिक लोकतन्त्र कमजोर हुँदै जानु तथा सीमित व्यक्तिको प्रभाव बढ्नुजस्ता कारण देखाउँदै रास्वपा छाडेको बताएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका उनी आगामी निर्वाचनका लागि टिकट नपाएपछि असन्तुष्ट बनेका थिए । उनी यसअघि लामो समय कांग्रेसमा आबद्ध थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १०:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।