Logo

प्रमुख समाचार

सुनिल शर्माको विवादित साम्राज्य : नक्कली प्रमाणपत्रदेखि प्रहरी हिरासतसम्म (भाग-४)



काठमाडौं । नोबेल मेडिकल कलेजको संचालक भएका बेलबारी काकुम टोलका राजेन्द्र न्यौपानेको पहिचान २०७० सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनमा आईपुग्दा डा. सुनिल शर्मामा परिणत भएको थियो। उनको भूमिका कुन दलतर्फ भन्ने प्रष्ट थिएन।

कोइरालाको निवासको सत्ता र शक्तिको छहारी र माओबादी लडाकु र हतियारको उपयोग गरी नोबेल मेडिकल कलेजको संचालक एक पैशा लगानी नगरे बन्न सफल भएका सुनिलले सो निर्वाचनमा भने कोइराला परिवारका नेता डा. शेखर कोइरालालाई मोरङको क्षेत्र नम्वर ७ मा (हाल ६) मा र एकीकृत माओबादीका नेता वर्षामान पुनलाई मोरङ्गको क्षेत्र नम्वर १ मा चुनाव जिताउने भूमिकामा सक्रिय भए।

आफू जन्मि हुर्किएको उत्तरी मोरङ्गको लेटाङसहितको स्थानीय तहलाई समेटेर बनेको निर्वाचन क्षेत्र नम्वर १ मा माओबादीका बर्षामान पुनलाई सुनिलले जिताउन भन्दा उम्मेदवार बनाउन बढी भूमिका खेले। चुनावी प्रचारमा तन, मन र धन भने मोरङको क्षेत्र नम्वर ७ मा लगाए, जहाँ उनी मेडिकल कलेज संचालकको हैसियतले बढी नै सक्रिय हुन्थे ।

दोश्रो संविधानसभा निर्वाचनको परिणामले माओबादीलाई २४० प्रत्यक्षतर्फको सिटमध्ये २६ सिटमा खुम्च्याई दियो। योसँगै सुनिलको सम्वन्ध अब माओबादीसँग खुम्चदै र साँघुरिँदै गयो भने कांंग्रेस र कांग्रेसका नेता कार्यकर्तासँग विस्तारित हुँदै गयो।
हेर्दा हेर्दै मोरङमा कोइराला परिवार र निवासमा कांग्रेसका पुराना नेता दुर्गा सुवेदी, उमेश गिरी, महेश आचार्यभन्दा सुनिल शर्मा नजिकिन पुगे। दिन दुुई गुना, रात चौगुना अब सुनिल कट्टर काङ्ग्रेसी र कांग्रेसका हिमायति भएर निश्किए।

परिणाम स्वरुप सुनिल शर्माले २०७४ को संघीय संसदको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ्को क्षेत्र नम्वर ३ बाट कांग्रेसको उम्मेदवार बन्न सफल भए। सो निर्वाचनमा उनी पराजित भए। पराजित भए पनि उनको सम्वन्धको डोरो कोइराला निवासमा कसिलो बन्दै गयो ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुन मोरङ्को क्षेत्र नम्वर ३ बाट उम्मेदवार भएर माओबादी र नेकपा एसको समेत समिकरण र समर्थनमा निर्वाचित हुन सफल भए।
प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्मा २०८० सालमा आईपुुग्दा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज खरिद गरी सो कलेजको संचालक बनीसकेका थिए।

कोइराला परिवारका उत्तराधिकारी बरिष्ठ नेता डा. शेखर कोइरालाको कट्टर भक्त देखिन सुनिलले तत्कालिन सभापति शेरबहादुर देउवा र संस्थापन पक्षका नेताहरु बिरुद्ध विष विमन गर्दथे। नेता डा. शेखरसँग तत्कालिन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सामान्य फरक विचार वा कार्यशैली देखिए पनि शर्मा अघि सरेर महामन्त्रीद्वयको समेत मानमर्दन गर्न पछि पर्दैन थिए।

शर्माले तत्कालि सभापति देउवा र तत्कालिन संस्थापन पक्षका नेताहरुलाई खुईल्याउन युट्युवरहरुको दुरुपयोग गर्दथे। उनले सामाजिक सञ्जालमा आफूलाई अब्बल देखाउन कांग्रेसका नेताको मानमर्दनमा संसददेखि सभासम्म सक्रिय हुन्छन्।
अहिले पनि शर्माको सल्लाह र सम्वन्ध विवादस्पद मेडिकल व्यवासायी दुर्गा प्रसाईंसँग रहेको छ। शर्माले संसदको अर्थसमितिमा उपस्थित भएर व्यवसायीहरुलाई सम्पति शुद्धिकरण भन्ने विभागले बारम्बार सम्पतिको स्रोत खोजेर हतोत्साहित गरेको भन्दै खुलम खुल्ला बोल्दथे।

किनकी उनको स्वामित्वमा रहेको विराटनगरको नोबेल मेडिकल कलेज र सिनामंगलको काठमाडौं मेडिकल कलेज खरिद गर्दाको सम्पतिको स्रोत पारदर्शी छैन। शर्मामाथि सम्पति शुद्धिकरण विभागले छानबिन गरिरहेको छ।

तर, सम्पतिको स्रोत देखाउन नसक्ने शर्माले कारबाहीबाट बच्नको लागि राजनीतिक आड र ओत लाग्ने गरेका छन्। २०८१ साल असारमा प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो अभिभावक र राजनीतिक गुरु र बा भन्ने सुनिलमाथि प्रहरीले सम्पतिको स्रोत मात्रै होइन, शैक्षिक योग्यताको प्रमाण पत्रको समेत छानबिन गरिरहेको छ।

उनी २०८० साल साउन २५ गते गोल्फुटारबाट पक्राउ परेका हुन्। उनलाई उनकै निजी निवास गोल्फुटारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।
पक्राउ परेपछि सो सूचना संघीय संसद सचिवालयलाई तत्काल प्रहरीले जानकारी गराएको थियो। तत्कालिन सभामुख देबराज घिमिरे प्रतिनिधिसभाको बैठकमा लगत्तै जानकारी पनि पठाएका थिए।

शर्माको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली वा किर्ते भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरेको थियो।
उनको एसएलसी (स्कुल लेभल सर्टिफिकेट) र चिकित्सकको शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते वा नक्कली भएको हुन सक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

शर्मामाथि नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रको प्रयोग गरी चिकित्सा शास्त्र अध्ययन पुरा गरेको भनी झुटो दाबी गरेको आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो।

नक्कली प्रमाण पत्र देखाएर चिकित्सा सेवामालागेका नक्कली डाक्टरको खोजिका क्रममा कांग्रेस सांसद शर्मालाई सिआईबीले पक्राउ गरेको हो ।

नक्कली डाक्टरको खोजी गर्न अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मालाई पक्राउ गरिएको सीआईबीकी तत्कालिन प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्रचार्यले बताएकी थिइन्।
शर्मामाथि किर्ते र ठगी मुद्धामा कारबाही गर्न प्रहरीले अनुसन्धान गरेको थियो। तर, शर्माले आफूलाई पूर्वाग्रह साँधेर कारबाही गरेको भन्दै उनले तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतको विरुद्धमा उत्रिएका थिए।

शर्मालाई थुनामै राखेर थप अनुसन्धान गर्नका लागि अदालतमा पेश गरिएको थियो। तर शर्माले आफूलाई थुनाबाहिर रहेरै कानुनी उपचार खोज्नका लागि अनुमति मागेका थिए। अदालतले पनि उनलाई थुनाबाहिर बसेरै अनुसन्धान गर्न अनुमति दिएको थियो।
शर्मामाथि सिआईबी र सम्पति शुद्धिकरण विभागले कुनै आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष भएर छानबिन र अनुसन्धान तहकिकात गर्ने हो भने शर्माका ठगी, किर्ते र अपारदर्शी सम्पतिको पर्दाफास हुने निश्चित छ।

राजनीतिक दबाब र शक्तिको आडमा शर्मामाथि सिआईबीले थप अनुसन्धान गरेन। जसका कारण शर्मा आफूलाई निस्कलंक र पारदर्शी नेताको रुपमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

यो पनि

सुनिल शर्माको उदय: दलालदेखि ‘डन’सम्म, अपहरण र विस्फोटमार्फत नोबेल मेडिकल कलेज कब्जा

लेटाङ–बेलबारीका ति राजेन्द्र कसरी भए डाक्टर सुनिल शर्मा ?

 

 

नोबेल हत्याउने सुनिलको कालो कथा: डाक्टरको घरमा सुतली बम, सम्पति शुद्धिकरणबाट बच्न वर्षमान [भाग-३]

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १८:१९   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।