काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गराएको छ।
बैंकले गत मंसिर १२ मा सम्पन्न १९औं वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
बोनस सेयरबापतको ७३ लाख ८४ हजार ५०६ कित्ता सेयर नेप्सेमा थप भएको छ। यो सेयर आजदेखि कारोबारयोग्य हुनेछ।
बैंकले बोनस सेयर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव सोही साधारणसभाबाट पारित गरेको थियो।




















प्रतिक्रिया