Logo

बेल्जियमद्वारा डेनमार्क ४-२ गोल अन्तरले पराजित



एजेन्सी –  बेल्जियमले युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा डेनमार्कमाथि सहज जित हात पारेको छ ।

 बुधबार राति भएको खेलमा घरेलु टोली बेल्जियमले डेनमार्कलाई ४–२ ले हराएको हो । बेल्जियमको जितमा लुकाकुले दुई गोल गर्दा युरी टिलेमान्स र केभन डि ब्रुयनले समान एक गोल गरे । डेनमार्कका जोनस वाइन्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै युरी टिलेमान्सको गोलमा बेल्जियमले खेलमा अग्रता लिएको थियो । १७औं मिनेटमा मार्टिन ब्रेथवेटको पासमा जोनास वाइन्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिदा दोस्रो हाफमा बेल्जियमले तीन गोल गर्न सफल हुदा डेनमार्कले एक गोल फर्कायो ।

५६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा थोर्गन हाजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा नासिर चाड्लीले आत्मघाती गोल गरेपछि खेल ३–२ को अवस्थामा पुगेको थियो । त्यसको एक मिनेटपछि केभिन डि ब्रुयनले गोल गर्दै बेलिज्यमलाई ४–२ को जित दिलाए ।

 

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार