Logo

अर्थ

हिमालयन रियल्टर्सलाई घरजग्गा कारोबारको सरकारी इजाजतपत्र



काठमाडाैं । हिमालयन रियल्टर्स प्रा.लि.लाई नेपाल सरकारअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार सञ्चालन गर्ने औपचारिक इजाजतपत्र (इजाजतपत्र नं. विआरके १८३५४५१) प्रदान गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मातहतमा रहेको विभागले प्रचलित कानुन तथा नियमावलीबमोजिम उक्त इजाजतपत्र उपलब्ध गराएको हो ।

इजाजतपत्र प्राप्त भएसँगै कम्पनीले तोकिएका महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ ।

साथै, इजाजतपत्रमा उल्लेखित शर्तअनुसार कम्पनीले रकमको सीमा बिना नै कारोबार गर्न सक्ने व्यवस्था रहेको जनाएको छ ।

कम्पनीले प्रविधिमा आधारित, छरितो र पारदर्शी ब्रोकर सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । व्यवस्थापनकाअनुसार यो उपलब्धि संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता तथा दीर्घकालीन विस्तारका लागि महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ ।

हिमालयन रियल्टर्स प्रा.लि.ले आगामी दिनमा अझ गुणस्तरीय, पारदर्शी तथा कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र प्राप्त गर्ने पहिलो कम्पनीका रूपमा समेत आफूलाई स्थापित गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १५:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।