Logo

प्रमुख समाचार

रेनुलाई जिताउन तालमेल भइरहेको कुरा खारेज गर्न चाहन्छु : प्रचण्ड



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ मा रेनु दाहाललाई जिताउनका लागि कुनै पहल नगरिएको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले रेनुलाई जिताउन लागेको हल्लालाई खारेज गरेका हुन् ।

‘चितवन–३ मा रेनु दाहाललाई जिताउन लागेको कुरा बिल्कुल सही होइन । त्यस्तो आरोपको म खारेज गर्न चाहन्छु । मैले कुनै पनि वक्तव्य जारी गरेको छैन ।

तालमेलको लागि कुनै पहल गरेको पनि छैन । यद्यपि रेनुले ९ वर्ष गरेको मेहनतको आधारमा चुनाव जित्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसो भएन भने ममाथि र रेनुमाथि नै अन्याय हुन्छ जस्तो लाग्छ’, उनले भने ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १७:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।