बाजुरा । बाजुरामा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा नमुना मतदान गरिएको हो ।
नमुना मतदानमा २५ पुरुष र १४ महिला गरि ३९ जनाले मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका हुन् । फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
नमुना मतदानमा मतदाता, प्रहरी परिचालन,राजनीतिक दलका प्रतिनिधि व्यवस्थापन, निर्वाचन कर्मचारीहरूको परिचालन,बुथ कब्जा नियन्त्रण लगायतको नमुना अभ्यास गराइएको थियो ।
नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने निर्वाचन अधिकारी भिम बहादुर शाहीले बताए ।
बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्। १ हजार ४ सय बढि अस्थायी मतदाता छन्। यहाँ ११८ मतदान र १ अस्थायी मतदान केन्द्र रहेका छन्।
६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
त्यस्तै मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत दिईएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तीन दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
फागुन १४ गते देखि १६ गतेसम्म सञ्चालन हुने तालिम मार्फत निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।




















प्रतिक्रिया