Logo

अन्तर्राष्ट्रिय

दुबईको जेबेल अली बन्दरगाहमा आगलागी



काठमाडौँ । मध्यपूर्वको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह दुबईको जेबेल अली बन्दरगाहको एउटा बर्थमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार हवाई आक्रमणका क्रममा खसेका अवशेषहरूले लागेपछि उक्त आगलागी भएको हो ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै मिडिया अफिसले दुबईको सिभिल डिफेन्स टोलीले आगो पूर्ण रूपमा निभाउन प्रयास जारी राखेको बताएको छ । यस आगलागीबाट भएको मानवीय क्षतिको बारेमा अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।

मिडिया अफिसले सन् २०२१ मा सोही बन्दरगाहमा भएको आगलागीको ‘पुरानो भिडियो’ सामाजिक सञ्जालमा सेयर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । जेबेल अली बन्दरगाह पाल्म जुमेराहको दक्षिणमा अवस्थित छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार ०६:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।