Logo

अर्थ

सुपर खुदी हाईड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडाैं । सुपर खुदी हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

ग्लोबल आईएमई क्यापिटलकाअनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये २ करोड ७७ लाख ३ हजार ८८० कित्ता सेयरका लागि परेको २५ लाख ८० हजार ४७० आवेदन सदर भएको छ । ३९ हजार ८७८ आवे्दन भने बदर भएको क्यापिटलले जनाएको छ ।

कुल सदर आवेदकमध्ये १ लाख २८ हजार ६५० जनालाई १० कित्ताका दरले १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार १०:४६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।