Logo

समाचार

युएईको साइबर कानुनबारे सचेत रहन आग्रह



काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष भीम मल्ल ठकुरीले यूएईमा रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार र सचेत रहन आग्रह गरेका छन् ।

युएईको साइबर कानुन कडा रहेको उल्लेख गर्दै उनले सानो लापरबाहीले कानुनी कारबाही, जरिवाना तथा देश निकालासम्मको गम्भीर सजाय हुन सक्ने भन्दै सचेत गराएका हुन् ।

आफ्नो फेसबुकमार्फत एक सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष ठकुरीले अनुमति बिना खिचिएका भिडियो/फोटो, अप्रमाणित समाचार, अफवाहजन्य सामग्री वा दुर्घटना, झगडा जस्ता संवेदनशील दृश्यहरू सेयर नगर्न अनुरोध गरेका छन्।

‘हामी सबै परदेशमा श्रम, व्यवसाय र भविष्यका सपनाका लागि बसेका छौँ । एक क्षणको लापरबाहीले हाम्रो रोजगारी, भिसा र भविष्य नै जोखिममा पर्न सक्छ,’ उनले भनेका छन् ।

युएईको कानुनको पूर्ण पालना गर्दै आफ्नो र समुदायको भविष्य सुरक्षित गर्न सबैलाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ०६:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।