Logo

प्रमुख समाचार

जसपा नेपालका उम्मेदवार यादव हिरासतमुक्त



सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतमुक्त भएका छन् ।

मौन अवधिका बेला नगद रकमसहित पक्राउ परेका यादवलाई रकमको वैधता पुष्टि भएपछि प्रहरीले रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाकाअनुसार यादवको साथबाट बरामद ४ लाख ८७ हजार रुपैयाँको स्रोत खुलाएपछि उनलाई छाडिएको हो ।

यादवसहित पाँच जना गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट उक्त रकमसहित पक्राउ परेका थिए । पक्राउपछि प्रहरीले सो रकमको स्रोतबारे अनुसन्धान गरेको थियो ।

यसैबीच, गाडीमा निर्वाचन सामग्री बोकेको विषयमा निर्वाचन आयोग नेपाल अन्तर्गतको निर्वाचन कार्यालयले यादवसँग स्पष्टीकरण मागेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १५:५५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।