Logo

निर्वाचन

निर्वाचन सुरक्षा : देशभर १४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर विभिन्न ठाउँमा शङ्कास्पद बस्तु भेटिएको छ ।

निर्वाचन बिथोल्न खोज्ने समूहले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित चपली र नागार्जुन नगरपालिका वडा नम्बर–२ मा राखेको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।

देशभर १४ ठाउँमा शङ्कास्पद बस्तु भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । सबै शङ्कास्पद वस्तुहरू आतङ्कित पार्ने उद्देश्यले राखिएको ‘होक्स’ रहेको डीआईजी काफ्लेले बताए ।

कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र कास्कीमा शङ्कास्पद बस्तु भेटिएको थियो । सबै शङ्कास्पद बस्तु सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार २०:४६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।