Logo

राजनीति

सुर्खेत १ मा नेपाली कांग्रेस र २ मा एमालेको अग्रता



सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।

सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले दुईसहित ५१ मतान्तरले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका खड्काले सात सय ९६ मत ल्याएका छन् । रास्वपाका टेकबहादुर सिंहले पाँच सय ४५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका ध्रुव कुमा शाहीले चार सय २७ र नेकपाका जितबहादुर रानाले ७७ मत प्राप्त गरेका छन् ।

यता सुर्खेत क्षेत्र नम्बर २ नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता लिएका छन् । देवकोटाले ३१५ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले २१७, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १२:२०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।