Logo

राजनीति

सुनसरी १: हर्क साम्पाङभन्दा रास्वपा अगाडि



धरान । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सुरूवाती नतिजामा धरान उपमहानगरपालिकाका पूर्वमेयर एवम् श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछि परेका छन् ।

मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङले यहाँ १४२ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी हर्क साम्पाङले ४९ मत ल्याएका छन् ।

अन्य उम्मेदवारहरूमा कांग्रेसका सुजेन्द्र गोलेले ४०, नेकपाका मनोज भट्टराईले १२ र नेकपा एमाललेका टीकाराम लिम्बुले ८ मत ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठले ३४ मत परेको छ ।

३०० मतगणना सकिँदा नतिजा यस्तो देखिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १५:२१   :  बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।