Logo

राजनीति

चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल दाेस्राे



चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन् ।

हालसम्म १९ हजार ४५ मत गणना हुँदा घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेकी गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी तारा चुनाव चिन्हकी उम्मेदवार रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी सूर्य चुनाव चिन्हबाट नेकपा एमालेका शंकर थपलियाले १ हजार ४६५ मत प्राप्त गरेका छन् भने रुख चुनाव चिन्हबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन् ।

यस्तै हलो चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका दिपक थापाले ३२३ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १५:३९   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।